पोखरा / नेपाल आयल निगमले २० वर्षपछि अत्याधुनिक प्रविधिसहितको भण्डारण गृह निर्माण गर्न लागेको छ । बढ्दो इन्धनको मागलाई मध्यनजर गर्दै निगमले पोखरामा ९० हजार किलोलिटर क्षमताको भण्डारण गृह बनाउन लागेको हो । यसका लागि टेन्डर समेत आह्वान गरिसकेको निगमले जानकारी दिएको छ ।

निगमसँग हाल ७१ हजार किलोलिटर भण्डारण क्षमता रहेको छ । बजारमा इन्धन खपत बढ्दै गएपनि निगमले भण्डारण क्षमता भने विस्तार गर्न सकेको थिएन । आजको कारोबार दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया