बुढीगंगा–६ का सुत्केरी महिलालाई घ्यू तथा शिशुलाई बेबी किट वितरण
बुढीगंगा गाउँपालिका–६ मा सुत्केरी दिदीबहिनीहरूलाई पोषणका लागि घ्यू तथा नवजात शिशुहरूलाई बेबी किट वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा अध्यक्ष थापा मगरले सुत्केरी महिलाको स्वास्थ्य र शिशुको समुचित स्याहार–सुसार गाउँपालिकाको प्राथमिकतामा रहेको बताए। उनले आमा र शिशुको पोषण तथा सुरक्षामा विशेष ध्यान दिन आवश्यक...











