संखुवासभामा बढ्याे स्क्रब टाइफस र डेंगु सङ्क्रमितकाे संख्या
संखुवासभा । संखुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र डेंगी सङ्क्रमित बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अभाव हुँदा ‘प्यासेज’ र हलमा बिरामी राख्नुपर्ने बाध्यता भएको छ ।
अस्पतालका सूचना अधिकारी सुमित्रा सापकोटाका अनुसार वैशाख यता स्क्रब टाइफसका २१४, डेंगी सङ्क्रमित ५६ र भाइरल ज्वरोका ११७ जना बिरामी भेटिएका छन् ।स्क्रब टाइफस रोग एक ...











