हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । विहीबार बिहान उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेका हुन् ।
गृहमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् । आजकै दिन हनुमान जयन्ती परेको अवसर पारेर उनी मन्दिर पुगेको बताइएको छ । यसलाई धार्मिक तथा सांस्कृत...











