कालीगण्डकी नदी किनारबाट आमा–छोरा बेपत्ता, खोजी कार्य जारी
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतिवेणीस्थित कालीगण्डकी नदी किनारबाट एक आमा र उनका छोराको रहस्यमय बेपत्ता भएको घटनापछि सुरक्षा निकाय सक्रिय बनेका छन्।
बुधवार साँझदेखि २७ वर्षीया श्यामकला पाण्डे र उनका ६ वर्षीय छोरा अर्पित पाण्डे सम्पर्कविहीन बनेका हुन्। उनीहरू कालीगण्डकी गाउँपालिका–४ बिर्घाका स्थायी बासिन्दा हुन्।
बेपत्ताअघि उनीहरू बसेको भनिएको प्रतीक्षालयमा महिलाको झोला, चप्पल, ...











