खाडी क्षेत्रमा तनाव चुलिँदा १९ लाख नेपाली श्रमिक तनावमा
काठमाडौँ : इजरायल र इरानबीच शनिबारदेखि सुरु भएको सैन्य आक्रमणले खाडी क्षेत्रको सुरक्षा अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कार्यरत करिब १९ लाख नेपाली श्रमिक चिन्तित भएका छन् । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि इरानले अमेरिकीलक्षित प्रत्याक्रमण सुरु गरेको हो ।
खाडीस्थित कतार, साउदी अरब, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई)मा अमेरिकाका सैन्य बेस रहेका छन् । ओमानबाहेक पाँच देशका अमेरिकी...










