झापामा कुर्सीबाट लडेर ६ वर्षीय बालकको मृत्यु झापामा खेल्ने क्रममा कुर्सीबाट लडेर ६ वर्षीय बालकको मृत्यु
झापा : झापाको भद्रपुर नगरपालिका–२ गौरीशंकरमा खेल्ने क्रममा कुर्सीबाट लडेर ६ वर्षीय एक बालकको मृत्यु भएको छ। ध्रुव राईका छोरा आयन राई घरको आँगनमा खेल्दै गर्दा शनिवार साँझ कुर्सीबाट लडेर अचेत भएका थिए।
अचेत अवस्थामा भेटिएपछि बालकका पिता ध्रुव राईले उनलाई तत्काल मेची प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए। अस्पतालमा परीक्षण गर्दा चिकित्सकहरूले आयनको मृत्यु भइसकेको पुष्टि गरेका थिए।
घटनाबारे जान...











