दमकको टावर भ्यूटावर नभई बिजनेस कम्प्लेक्स हो: अध्यक्ष ओली
दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दमकमा निर्मित टावरको विरोध गर्नेहरूले यसको महत्व नबुझेको बताएका छन्। झापा क्षेत्र नम्बर ५ मा चुनावी घरदैलोका क्रममा सोमबार उनले उक्त टावर भ्यूटावर मात्र नभएर एक विशाल बिजनेस कम्प्लेक्स भएको स्पष्ट पारे।
झापा–५ का उम्मेदवार समेत रहेका ओलीले यस संरचनालाई नयाँ प्रविधिको ‘आईटी हब’ का रूपमा विकास गर्ने सोचका साथ अगाडि बढाइएको जानकारी दिए। यो कुनै व्यक...











