बुढीगङ्गामा सप्ताहव्यापी कार्यक्रमसहित अन्तर्राष्ट्रिय युवा दिवस सम्पन्न
बुढीगङ्गा । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा बुढीगङ्गा गाउँ युवा परिषद्को आयोजना तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गरी दिवस सम्पन्न गरिएको छ।
युवा दिवसको अवसरमा जनप्रतिनिधिसँग युवा संवाद, युवा तथा विद्यार्थीका अधिकार र कर्तव्यसम्बन्धी अभिमुखीकरण, वृक्षरोपण तथा संरक्षण अभियान, सरसफाइ तथा प्लास्टिक न्यूनीकरणसम्बन्धी सचेतना अभियान स...











