मोरङको लेटाङ र रंगेलीका वडाध्यक्ष पदमुक्त कोशी प्रदेशका ५ सहित देशभर ८ जना वडाध्यक्ष रिक्त
बेलबारी । निर्वाचन आयोगले आफू निर्वाचित भएको राजनीतिक दल त्याग गरी अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिहरूमाथि कारबाही गर्दै देशभरका ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ।
आयोगले सूचना प्रकाशित गर्दै कोशी प्रदेशका ५ सहित देशभरका ८ वडाध्यक्ष पदमुक्त भएको जानकारी दिएको हो। पदमुक्त हुनेमध्ये मोरङको लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ रहेका छन । (एमाले) बाट निर्वाचित श्रेष्...











