बुढीगङ्गामा सप्ताहव्यापी कार्यक्रमसहित अन्तर्राष्ट्रिय युवा दिवस सम्पन्न

बुढीगङ्गामा सप्ताहव्यापी कार्यक्रमसहित अन्तर्राष्ट्रिय युवा दिवस सम्पन्न
बुढीगङ्गा । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा बुढीगङ्गा गाउँ युवा परिषद्को आयोजना तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गरी दिवस सम्पन्न गरिएको छ। युवा दिवसको अवसरमा जनप्रतिनिधिसँग युवा संवाद, युवा तथा विद्यार्थीका अधिकार र कर्तव्यसम्बन्धी अभिमुखीकरण, वृक्षरोपण तथा संरक्षण अभियान, सरसफाइ तथा प्लास्टिक न्यूनीकरणसम्बन्धी सचेतना अभियान स...

शिक्षादीप कलेजमा कविता प्रतियोगिता, अर्पिता न्यौपाने प्रथम

शिक्षादीप कलेजमा कविता प्रतियोगिता, अर्पिता न्यौपाने प्रथम
विराटनगर / शिक्षादीप कलेज, विराटनगरमा ‘AI, Digital Era, Social Media or Science and Technology’ विषयवस्तुमा आधारित कविता प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता, साहित्यप्रतिको रुचि तथा समसामयिक प्रविधिका विषयमा आफ्नो विचार अभिव्यक्त गर्ने क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा अर्पिता न्यौपाने प्रथम भएकी छन्। त्यस्तै रिजु अधिकारी र विभू...

कोइराला निवास मर्मतका लागि विनियोजित २ करोड बजेट शेखरद्वारा अस्वीकार

कोइराला निवास मर्मतका लागि विनियोजित २ करोड बजेट शेखरद्वारा अस्वीकार
विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको विराटनगरस्थित ऐतिहासिक कोइराला निवास मर्मतका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई पत्र लेख्दै उनले राज्यको सीमित स्रोत र साधन अभाव तथा कष्टमा रहेका नागरिकको उत्थानमा खर्च हुनुपर्ने भन्दै उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसकिने बताए...

मोरङको सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद

मोरङको सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद
उर्लाबारी। मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कोइली सामुदायिक वनबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ। बुधबार बिहान करिब ११ः४५ बजे वन क्षेत्रमा चोरी निकासी हुने गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा शंकास्पद व्यक्तिहरू प्रहरीलाई देख्नासाथ प्लास्टिकको बोरा छाडेर फरार भएका थिए। प्रहरीले उक्त बोरा खोली जाँच गर्दा भित्र...

बुढीखोला दोहन, रातको समयमा माटो उत्खनन गरी बिक्री

बुढीखोला दोहन, रातको समयमा माटो उत्खनन गरी बिक्री
अकबर अलि दुहबी नगरपालिका–१ स्थित बुढी खोलाबाट अनुमति विपरीत माटो उत्खनन गरी बिक्री भइरहेको आरोपपछि विवाद चर्किएको छ। माटो उत्खनन तथा बिक्रीको विषयमा वडा सदस्य र निर्माण व्यवसायी पक्षबीच नै आरोप–प्रत्यारोप सुरु भएको हो। स्थानीयका अनुसार दुहबी–१ का वडा सदस्य गुफरान मिया र आलिया कन्ट्रक्सनका सञ्चालक सदाक मियाबीच बुढी खोलाबाट माटो उत्खनन तथा बिक्रीको विषयलाई लिएर विवाद भएको हो। केही दिनयता खोलान...

कप्तानगञ्ज गोलीकाण्डको विरोधमा इटहरीमा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन

कप्तानगञ्ज गोलीकाण्डको विरोधमा इटहरीमा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन
इटहरी । सुनसरीको कप्तानगञ्जमा भएको गोलीकाण्डको विरोधमा मंगलबार इटहरी उपमहानगरपालिका–२० स्थित पकलिमा प्रदर्शनकारीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्।दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयवासी सडकमा उत्रिएका हुन्। उनीहरूले राजमार्ग अवरुद्ध गरेपछि सवारीसाधनको आवागमन प्रभावित भएको छ ।

सुनसरीमा पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

सुनसरीमा पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी
​इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। ​जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज (साउन १२ गते) दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालद्वारा हस्ताक्षरित आदेश अनुसार...

कप्तानगन्जको अवस्था नियन्त्रणबाहिर, स्थानीयका पसलमा तोडफोड सुरु

कप्तानगन्जको अवस्था नियन्त्रणबाहिर, स्थानीयका पसलमा तोडफोड सुरु
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको अवस्था सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि परिस्थिति निक्कै असामान्य र जटिल बनेको हो । आइतबार रातिको हिंसात्मक झडपपछि लगाइएको कर्फ्यु सोमबार बिहानैदेखि प्रभावहीन बन्दै गएको थियो । कर्फ्यु आदेशको उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएको भिडले स्थानीयका पसलमा तोडफोड र आगजनी सुरु गरेपछि कप्तानगन्ज...

सुनसरी घटनाप्रति सांसद थापाको आक्रोश: ‘हातमा हतियार छ भन्दैमा गोली हान्न पाइँदैन,

सुनसरी घटनाप्रति सांसद थापाको आक्रोश: ‘हातमा हतियार छ भन्दैमा गोली हान्न पाइँदैन,
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। घटनास्थलमै पुगेर सुरक्षा अधिकारीसँग छलफल गरेका सांसद थापाले नागरिकमाथि गोली चलाउनु कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने बताएका छन्। उनका अनुसार विवाद नियन्त्रणका क्रममा गोली चलाउनुपर...

गाउँपालिका अध्यक्ष मगरको पहलमा लिलाभक्त राम आधारभूत विद्यालयलाई रु. २ लाख २५ हजार सहयोग

गाउँपालिका अध्यक्ष मगरको पहलमा लिलाभक्त राम आधारभूत विद्यालयलाई रु. २ लाख २५ हजार सहयोग
मोरङ। बुढीगंगा गाउँपालिका–२ स्थित श्री लिलाभक्त राम आधारभूत विद्यालयलाई डेस्कबेन्च व्यवस्थापनका लागि रु. २ लाख २५ हजार आर्थिक सहयोग प्राप्त भएको छ। विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरको विशेष पहलमा **माननीय पवन सारडा (पशुपति खाद्य तेल उद्योग प्रा.लि.)**बाट उक्त रकम सहयोगस्वरूप उपलब्ध गराइएको विद्यालयले जनाएको छ। विद्या...