काठमाडौंको गोलढुंगामा गोली चल्यो, साजन गुरुङ पक्राउ
काठमाडौं– काठमाडौंको गोलढुंगामा प्रहरीले गोली प्रहार गरी गुण्डागर्दीमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको खोजी सूचीमा रहेका गुण्डागर्दीमा संलग्न साजन गुरुङलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । विशेष सूचनाका आधारमा नजोक भनिने साजनलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई उनले कटुवा पेस्तोल देखाएपछि प्रहरीले गोली चलाएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जनाए ।
...










