मायावी’ को रिलिज मिति पछि सरेको छ
काठमाडौँ । अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाइँको अभिनित फिल्म ‘मायावी’ को रिलिज मिति पछि सरेको छ । यस अघि कात्तिक १५ गते (लक्ष्मीपूजा) मा प्रदर्शन हुने भनिएको मायावी अब पुस २६ गते प्रदर्शन हुने भएको छ । यो मितिमा नेपाली र विदेशी गरी लगभग ५ वटा फिल्म पुगेपछि ‘मायावी’ को प्रदर्शन मिति सारिएको हो । फिल्मका निर्देशक दिवाकर भट्टराईले दुवै चलचित्रलाई शुभकामना दिदै मार्ग प्रसस्त गरेको र म...