जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की
काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलनलाई मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टि, जनचेतनाको वृद्धि र युवापुस्ताको चाहनाको प्रतिविम्ब भएको बताइन्। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा आज आयोजित मूल समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले संविधानको मर्मअनुसार सुशासन, समृद्धि र विकासका क्षेत्रमा देखिएका कम...











