मोरङको बेलबारीबाट पक्राउ परे भोजपुरमा ८ वर्षअघि पत्नीको हत्या गरी फरार अभियुक्त राई
बेलबारी । भोजपुरमा ८ वर्षअघि पत्नीको हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ ।
भोजपुर नगरपालिका–६ देउराली घर भएका ६३ वर्षीय नारदमणि राई पक्राउ परेका हुन् । भोजपुर प्रहरीका निमित्त प्रमुख एवं प्रवक्ता इन्स्पेक्टर महेन्द्र पराजुलीका अनुसार २०७४ साल साउन १९ गते पत्नी ४६ वर्षीया अम्बिका श्रेष्ठ (राई)को हत्या गरेर नारदमणि फरार भएका थिए ।
सुतिरहेका बेला बिहानका रा...











