नेपालमा उत्पादन हुन थाल्यो ‘एन्टीबायोटिक’ रहित अण्डा

नेपालमा उत्पादन हुन थाल्यो ‘एन्टीबायोटिक’ रहित अण्डा
पछिल्ला वर्षहरुमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित हुने गरेको छ । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोग गर्न रोक लगाएपछि अन्य विधिबाट रोग नियन्त्रण गरेर अण्डा उत्पादन गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालले नेपालका अधिकांश पोल्ट्री फार्महरुमा एन्टीबायोटिक प्रयोग गर्न छाडिएको बताए । आफूले अतिरिक्त समयमा परामर्श एवं पोषण हेर्दै आएक...

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई
काठमाडौं। मिस नेपाल वर्ल्ड २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन्। शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको उपाधि जितेकी हुन्। उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगादिइन्। २६ जना फाइनलिस्टमध्ये मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्डारीले जितिन्।

दशैंका लागि भदौं २९ गतेदेखि पैसा साटन सकिने

दशैंका लागि भदौं २९  गतेदेखि  पैसा साटन सकिने
नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म दसैँका लागि नयाँ नोट सटही गर्ने जनाएको छ। राष्ट्र बैंकले आज आइतबार सूचना जारी गर्दै यस्तो जानकारी सार्बजनिक गरेको हो । सुचना अनुसार राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुनेछ। त्यसैगरि राष्ट्र बैंकबाट इजाज...

झापाको पाउ पाथिभरामा भेटीबाट एक करोड ४२ लाख सङ्कलन

झापाको पाउ पाथिभरामा भेटीबाट एक करोड ४२ लाख सङ्कलन
मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा एक करोड ४२ लाख ८१ हजार रुपैयाँ सङ्कलन भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न पाउ पाथिभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन भएको छ । समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१÷८२ मा दान पेटिकाबाट ७४ लाख ७४ हजार रुपैयाँ , सहयोग रसिद...

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?
काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो । शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।यता चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ । आज एकै दिन...

छोरीलाई जन्म दिएलगत्तै प्रदेशसभा सदस्य सरिता पुनको निधन

छोरीलाई जन्म दिएलगत्तै प्रदेशसभा सदस्य सरिता पुनको निधन
काठमाडौँ : लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ। शनिवार काठमाडौँको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जस्थित मनमोहन सेन्टरमा उपचारको क्रममा उनको मृत्यु भएको हो। एमाले पोलिटब्युरो सदस्य तथा रुकुम पूर्वका इन्चार्ज खेममान खड्काका अनुसार रुकुम पूर्व, तकसेराकी पुनले केही दिनअघि शल्यक्रियामार्फत छोरीलाई जन्म दिएपछि स्वास्थ्यमा समस्या देखिएको थियो। त्यसपछि दोस्रो शल्यक्रियामार्फत उनको मुटुमा ...

श्रीमानको कुवेतमा मदिरा सेवनका कारण मृत्यु, मृत्युको खबर सुनेपछि नेपालमा श्रीमतीको पनि मृत्यु

श्रीमानको कुवेतमा मदिरा सेवनका कारण मृत्यु,  मृत्युको खबर सुनेपछि नेपालमा श्रीमतीको पनि मृत्यु
कुवेतमा वैदेशिक रोजगारीमा रहेका धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका ४३ वर्षीय डम्बर मगर विषाक्त मदिरा सेवनका कारण १० दिनअघि मृत्यु भएको थियो। पतिको मुत्युको खबर सुनेलगत्तै बेहोस भएकी उनकी पत्नी विद्याको पनि तीन दिनपछि मृत्यु भएको थियो । श्रीमान श्रीमती दुवैको मृत्यु भएपछि उनीहरुको तीन छोरी (१७, १६ र २ वर्षीया) विचल्लीमा परेका छन्। कमाउने सदस्य गुमेपछि परिवार आर्थिक संकटमा परेको छ। जेठी र माइली...

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त
काठमाडौं / नेपाल प्रहरीको ३२औं महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआईजी थिए। वर्तमान आईजीपी दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन् त्यसपछि खापुङको नियुक्त लागू हुनेछ। खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख छन्। ...

सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको दुई लाख नाघ्यो

सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको दुई लाख नाघ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुनको मुल्य तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भएको थियो । सुनको मुल्य पहिलो पटक दुई लाख नाधेको हो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुप...

बुढीगंगामा नहरले बगाएको अवस्थामा महिलाको शव फेला

बुढीगंगामा नहरले बगाएको अवस्थामा महिलाको शव फेला
मोरङको बुढीगंगा गाउँपालिका–७ मा शुक्रबार बिहान नहरले बगाउँदै गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बिहान करिब ८:३० बजे सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा अन्दाजी ३० देखि ३२ वर्षकी महिलाको शव भेटिएको हो। तर मृतकको पहिचान भने खुलेको छैन। उनका अनुसार मृतक स्थानीय नभई अन्यत्रैबाट नहरले बगाएर ल्याएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ...