भोलि र पर्सि देशका अधिकांश ठाउँमा पानी पर्ने सम्भावना, चिसो अझै बढ्ने
११ पुस, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार दिउँसोबाट देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष सूचना जारी गरेर शुक्रबार दिउँसोबाट शनिबारसम्म पानी पर्ने सम्भावना बढेको हो ।
शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र को...










