मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियो

मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियो
तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट सुरु गरिएको उक्त पदमार्ग निर्माणले गति लिएको हो । यस पदमार्गलाई ‘मिनी ग्रेटवाल’का रूपमा समेत प्रचारप्रसार गरिएको छ । थानीमाई मन्दिरबाट निर्माण सुरु भएको पदमार्ग चुलीडाँडामा पुगेर टुङ्गिनेछ । आगामी दिनमा यस पदमार्गलाई मुकुन्दे...

हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या

हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
हुम्लाका नागरिकलाई बर्सेनि जिल्ला बाहिर जानुपरे जहाजको टिकट पाउन समस्या हुने गरेको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, फोखरा, बुटवललगायत सहर पुग्न समस्या हुने गरेको हो । रोजगारी तथा शिक्षाका लागि जिल्ला बाहिर रहेका नागरिक दसैँ, तिहार मनाएर आफ्नो गन्तव्यमा जान सिमकोट विमानस्थल धाउने गरे पनि हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उड...

काटिएको उद्योगका विद्युत लाइन आज जोडिँदै

काठमाडौं : आइतबार बसेको मन्त्रिपरिषदको बैठकले विद्युत लाइन काटिएका उद्योगहरूको लाइन जोड्ने निर्णय गरेको छ । उक्त बैठकले सोमबार मध्याह्न १२ बजेभित्र काटिएको लाइन जोड्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनका विद्युत् बक्यौता रहेका करिब ३४ उद्योगको यही कात्तिक ८ गते लाइन काटेको थियो । बक्यौता भएका कुल ४९ उद्योगमा करिब १५ उद्योगले ब...

सुर्खेतबाट ब्राउन सुगरसहित २ जना पक्राउ

सुर्खेतबाट ब्राउन सुगरसहित २ जना पक्राउ
सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पलाता गाउँपालिका-५, कालीकोट घर भई हाल सुर्खेतको वीरेन्द्रनगर-९ लाटिकोइली बस्दै आएका २७ वर्षीय प्रयास बम ठकुरी र वीरेन्द्रनगर-१०, का २१ वर्षीय चन्द्र सुनार रहेका छन् । उनीहरूलाई आइतबार बेलुका वीरेन्द्रनगर-१० दीपनगर टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णब...

रवि लामिछानेलाई रुपन्देही ल्याउने तयारी, मंगलबारदेखि बयान

रवि लामिछानेलाई रुपन्देही ल्याउने तयारी, मंगलबारदेखि बयान
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट रुपन्देही ल्याउने तयारी भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरका अनुसार लामिछानेलाई सकभर आज (सोमबार) साँझ नभए भोलि (मंगलबार) बिहान विमानबाट भैरहवा ल्याइनेछ । ‘आज सोमबार नै ल्याउने तयारी थियो तर प्लेनको फ्लाइट शेड्युल चेन्ज भएको रहेछ...

कांग्रेसद्वारा उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो

हुम्ला । आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको  उम्मेदवारको टुङ्गो लगाएको छ । सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढालाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले उम्मेदवार चयन गरेको सो पार्टीका जिल्ला उपसभापति वसन्त रोकायाले जानकारी दिए । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा पनि बुढा कांग्रेसबाट आकाङ्क्षी थिइ...

पाँच जिल्लाका सात सय उद्योगको अनुगमन, नौ लाखका सामाग्री नष्ट

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले पाँच जिल्लामा अनुगमन गर्दै आएको छ । दमौलीमा रहेको कार्यालयले तनहुँसहित, लमजुङ, गोरखा, नवलपुर र मनाङमा नियमित रूपमा अनुगमन गर्दै आएको हो । उक्त कार्यालयले एक वर्षको अवधिमा पाँचवटा जिल्लाका सात सय ६६ उद्योग, पसल तथा होटलको अनुगमन गरेको छ । पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले गत आर्थिक वर्षमा खाद्य तथा दाना उद्योग, होटल रेष्टुरेण्ट, व्य...

महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति पौडेल

महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको एक सय ४०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले सामाजिक रूढीवादी परम्पराको अन्त्य गर्दै समाजलाई सही बाटो देखाए । राष्ट्रपतिले सन्देशमा भनेका छन्, “फाल्ग...

झुम्का कारागारलाई पुस्तक-दराजसहित पुस्तक सहयोग

रामधुनीस्थित झुम्का कारागार पुस्तकालयलाई पुस्तक-दराजसहित २५० थान पुस्तक प्रदान गरिएको छ। पूर्वेली अन्तर्राष्ट्रिय समाजको सहयोग तथा लायन्स क्लब अफ धरान ग्लोरीको आयोजनामा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको लायन्स क्लब अफ धरान ग्लोरीकी अध्यक्ष एकता श्रेष्ठले जानकारी दिइन्। कार्यक्रमको मुख्य उद्देश्य कारागारलाई केवल बन्दी गृह मात्र नभई सुधार गृहको रूपमा परिणत गर्ने र बन्दीहरूको वि...

विराटनगर र कटहरीबाट दुई दिनमा तास खेल्ने २० जना पक्राउ

विराटनगर र कटहरीबाट दुई दिनमा तास खेल्ने २० जना पक्राउ
विराटनगर । मोरङ प्रहरीले विराटनगर र कटहरीबाट दुई दिनमा २० जना तास खेल्नेहरुलाई पक्राउ गरेको छ । बुधबार राती ९ गतेतिर विराटनगर महानगरपालिका ६ भट्टिमोडमा विशाल देवान राईको घरबाट १२ जनालाई नियन्त्रणमा लिइएको हो । बिहीबार साँझ ५ बजे कटहरी २ बाट पुनः ८ जनालाई नियन्त्रणमा लिइएको हो । तास गरिरहेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोलि र वडा प्रहरी कार्यालय विराटनगरबाट प...