सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पलाता गाउँपालिका-५, कालीकोट घर भई हाल सुर्खेतको वीरेन्द्रनगर-९ लाटिकोइली बस्दै आएका २७ वर्षीय प्रयास बम ठकुरी र वीरेन्द्रनगर-१०, का २१ वर्षीय चन्द्र सुनार रहेका छन् ।

उनीहरूलाई आइतबार बेलुका वीरेन्द्रनगर-१० दीपनगर टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।

लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक खड्काका अनुसार उनीहरूको साथबाट ५० मिलिग्राम लागुऔषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ र लागुऔषध जस्तो देखिने १५ ट्याब्लेट बरामद गरिएको छ ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया