अमेरिकाको जर्जियामा विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु
अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् ।
एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ बर्षिय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
गोली चलाउने बालकपनि सोहि विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको म...











