बझाङमा पहिरोले च्यापिएका ४ जनाको शव फेला
बझाङ । बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले वीरबहादुर धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।
गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिह...











