सन्दीप लामिछानेलाई भरतपुरमा एक लाखसहित सम्मान

सन्दीप लामिछानेलाई भरतपुरमा एक लाखसहित सम्मान
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ । आज चितवनमा एक कार्यक्रमको आयोजना गरी उनलाई नगद एक लाखसहित सम्मान गरिएको हो । उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरेका हुन् । त्यस अवसरमा नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै भरतपुर महानगरप...

डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता

डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता
भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्न लागेको जनाएको छ । बाँकेका डेङ्गु रोग सम्पर्कव्यक्ति दुर्गा गौतमले  बाँकेमा चालु आर्थिक वर्षको हालसम्म चार सय पाँचजना डेङ्गुका सङ्क्रम...

झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ६ जना पक्राउ

झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ६ जना पक्राउ
झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा सुनसरीको प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-९ की २३ बर्षिया कन्चना राई र १८ बर्षिय समन भुजेललाई ट्रमाडोल ३४० पिस सहित र अस्थायी प्रहरी पोष्ट तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले धरान-१७ का २१ बर्षिय रा...

भ्रष्टाचारका फाइल खोलेपछि एकरात पनि टिक्न सकेनन् : रवि लामिछाने

भ्रष्टाचारका फाइल खोलेपछि एकरात पनि टिक्न सकेनन् : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् । मंगलवार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफूले भ्रष्टाचारका फाइल खोलन थालेपछि रातारात सरकार परिवर्तन हुन प्रयत्न भएको बताए । ‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि । ...

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पोखरीमा डुबेर दुई बालकको मृत्यु
 सिरहामा गाउँ नजिकै ग्राभेल उत्खनन गरेको पोखरीमा डुबेर दुइजना बालकको मृत्यु भएको छ । नरहा गाउँ पालिका ३ खोरियाटोल नजिकै ग्राभेल माफियाहरूले जथाभावी उत्खनन गरेको पोखरीमा डुबेर स्थानीय सुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल शुशीलकै भान्जा करिव ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो ।  सोमबार करिव ११ बजेबाट हराइरहेका दुबै बालको प्रहरीको समेत सहयोगमा राती अबेरसम्म खोजतलास गर्दा पनि फेला नपरेका इल...

मधेसमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षामन्त्रीलाई पत्र

मधेसमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षामन्त्रीलाई पत्र
मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले उक्त प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन् । मुख्यमन्त्री सिंहले हालै शिक्षामन्त्री श्रेष्ठलाई त्यससम्बन्धी एक पत्र हस्तान्तरण गर्दै सो आग्रह गरेका हुन् । उक्त शाखा सञ्चालनका लागि सहिद परिवारका कम्तीमा एकजना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्यापन गराउने प्रतिबद्धत...

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच वर्षको अवधिमा तीन हजार बढी व्यक्ति लाभान्वित भएका छन् ।  आर्थिक वर्ष २०७५-७६ देखि कार्यक्रम लागू भएदेखि हालसम्म तीन हजार ११ व्यक्तिले रोजगार प्राप्त गरेका नगरपालिकाका रोजगार संयोजक मायाकुमारी श्रीवास्तबले जानकारी दिइन्। उनका अनुसार यस अवधिमा उक्त कार्यक्रमबाट छ करोड ३४ लाख ७१ हजार चार सय खर्च भएको छ ।  आव २०७५-७६ मा स्...

प्रधानमन्त्रीले राजीनामा नदिने,विश्वासको मत लिने

प्रधानमन्त्रीले राजीनामा नदिने,विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्काल  राजीनामा नदिने भएका छन् । मंगलबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिइ विश्वासको मत लिने निर्णय गरेको हो। बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीबाट तत्काल राजीनामा नदिने र संसदको फेस गर्ने निर्णय भएको बताए। 'प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन। गणित सो गर्न जाने। संसद फेस गर...

नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय, मन्त्री फिर्ता बोलाउने

नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय, मन्त्री फिर्ता बोलाउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि मन्त्रीहरू फिर्ता बोलाउने बैठकपछि पार्टीका सचेतक सन्तोष परियारले बताए । ‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन । यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ,’ उनले भ...

एसईई नतिजाको जिम्मेवारी सबैले लिनुपर्छ : सुमना श्रेष्ठ

एसईई नतिजाको जिम्मेवारी सबैले लिनुपर्छ : सुमना श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालयको गुणस्तर सुधार गर्नको लागि तीन तहकै सरकार र विद्यालय व्यवस्थापन मिलेर काम गर्न जरुरी रहेको बताएकी छन् । २०८० को एसईई परीक्षाको नतिजाका विषयमा मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । उनले विद्यालय शिक्षामा सुधार गरी गुणस्तरिय बनाउँदै उपलब्धी मुलुक नतिजा ल्याउनको लागि स्थानीय तह, अभिभावक र विद्यालय व्यवस्थापनले सबैभन्दा पहिला प्रभावकारी क...