राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् ।

मंगलवार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफूले भ्रष्टाचारका फाइल खोलन थालेपछि रातारात सरकार परिवर्तन हुन प्रयत्न भएको बताए ।

‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि । जुन ढंगले सरकार अघि बढेको छ । तपाईंहरु नै भन्नुहुन्थ्यो फाइल खोलनुप¥यो, फाइल यस्तो खुल्यो की त्यो एकरात पनि टिक्न नसक्ने भयो,’उनले भने,‘एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको की कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सक्दैन त ।’

उनले भ्रष्टाचारका फाइल खोलेपनि एकरात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाए ।

उनले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता कसरी भयो ? भन्दै प्रश्न गरे ।

तपाईको प्रतिक्रिया