सगरमाथा आरोहणका क्रममा यसवर्ष ५ जनाले गुमाए ज्यान
यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म पाँच जनाले ज्यान गुमाएका छन्। यस्तै तीन जना बेपत्ता रहेका छन्।
ज्यान गुमाएका र हराएका आठ जनामध्ये तीन जना नेपाली र पाँच जना विदेशी नागरिक रहेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए।
आठ जनामध्ये एक जनाको टेन्टमा सुतेकै बेला मृत्यु भएको हो भने बाँकी आरोहणका क्रममा लडेका वा हराएका हुन्।
यस वर्ष सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमत...











