इलामको माई खोलामा पौडी खेल्न गएका माइ नगरपालिका ८ का दुई बालकको खोलामा डुबेर मृत्यु भएको छ ।

स्थानीय विक्रम लिम्बूका छोरा ११ वर्षीय मिङसुहाङ लिम्बू सोही स्थानका राजेन्द्र आङदेम्बेका छोरा अन्दाजी ९ वर्षीय किस्मन आङदेम्वेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पानीमा फेला परेका मिङसुहाङलाई उद्धार गरी स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार संम्भव नभएपछि थप उपचारका लागि विएण्डसी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसँगै पौडी खेल्न गएका अर्का बालक किस्मनलाई भने खोजी गर्ने क्रममा इलामको घिरलिङ भन्ने ठाउँमा पानीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया