मोरङमा गैरकानुनी हिरासतमा राखिएका युवकको अवस्था गम्भीर
विराटनगर । मोरङमा गैरकानुनी हिसाबले हिरासतमा राखिएका १ जना युवकको अवस्था गम्भीर बनेको छ । ती युवकलाई सिकिस्त अवस्थामा अस्पताल भर्ना गरिएको छ ।
मोरङको केराबारी गाउँपालिका–६ घर भइ कानेपोखरी गाउँपालिका–५ मा बस्दै आएका ३५ वर्षीय तीर्थ भनिने विशाल विकलाई शुक्रबार राति इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको थियो । उनीविरुद्ध कुनै पनि जाहेरी परेको छैन । किटानी जाहेरी नपरिकन प्रहरीले आफूखुसी हिर...











