जिरोनामाथि बार्सिलोनाको शानदार जित, यमलको दुई गोल
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले जिरोनामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले जिरोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा लामिन यमलले २ गोल गरेका थिए । त्यस्तै डानी ओल्मो र पेड्रीले एक एक गोल गरेका थिए । त्यसैगरी जिरोनाका लागि क्रिस्टियन स्टुआनीले एक गोल गरेका थिए ।
यस खेलमा खेलको ८६औँ मिनेटमा फेरान टोरेजले रातो कार्ड पाएपछि ब...