सकियो प्रयागराजको महाकुम्भ, ६६ करोड बढीले गरेर स्नान एजेन्सी

सकियो प्रयागराजको महाकुम्भ, ६६ करोड बढीले गरेर स्नान एजेन्सी
एजेन्सी । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेला सकिएको छ ।मेलामा पुगेर ६६ करोडभन्दा बढी व्यक्तिले गंगा नदीमा स्नान गरेको अधिकारीहरुले बताएका छन् । महाशिवरात्रिको दिनदेखि महाकुम्भ औपचारिक रुपमा समापन भएको घोषणा गरिएको छ । यद्यपि, मेलास्थल खाली हुन भने १ साता लाग्ने अनुमान गरिएको छ । महाकुम्भ मेला गत पुस २९ (जनवरी १३)देखि सुरु भएको हो ।भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित...

मलद्धारमा लुकाएर ३ महिला सहित ४ जनाले यसरी ल्याएका थिए सुन

मलद्धारमा लुकाएर ३ महिला सहित ४ जनाले यसरी ल्याएका थिए सुन
चार जना विदेशी नागरिकले मलद्वारमा लुकाएर नेपालमा सुन ल्याएको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा उनीहरूले अवैध ढंगले सुन ल्याएको पाइएपछि पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए । उनका अनुसार उज्वेकिस्तानका ती नागरिकहरूबाट ३ किलो ७४५ ग्राम सुन बरामद भएको छ । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष हुन् । ...

महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच कुटाकुट

महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच कुटाकुट
विराटनगर : नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच मोरङको विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा झडप भएको छ । संस्थापन र शेखर कोइराला पक्षका विधार्थीबीच कुटाकुट भएको हो । घटनामा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल घाइते भएका छन् । उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ । आसन्न स्ववियु निर्वाचनको भागबन्डाको विषयमा छलफल गर्न गएका बेला पोखरेलमाथि हातपात भएको बताइएको छ । उनी कोइराला पक्ष...

नेपाली बुहारी बनिन् बलिवुड अभिनेत्री एवं युट्युबर प्रजक्ता

नेपाली बुहारी बनिन् बलिवुड अभिनेत्री एवं युट्युबर प्रजक्ता
काठमाडौँ / बलिउड फिल्म अभिनेत्री एवं चर्चित युट्युबर प्रजक्ता कोली नेपालकी बुहारी बनेकी छन् । उनले नेपाली युवक वृशांक खनालसँग मंगलबार विवाह गरेकी हुन् । उनीहरुको विवाह भारतको खालापुर सहरमा रहेको पाँचतारे रिसोर्ट ओलियन्डर फार्ममा भएको हो । दुवैले विवाहका तस्वीर सामाजिक सञ्जालमार्फत सार्बजनिक गरेका छन् । प्रजक्ता २०२२ मा रिलिज भएको फिल्म ‘जुगजुग जियो’ मा अभिनेता वरुण धवनकी बहिनीको भूमिका...

आज १५ फाल्गुण २०८१ बिहिवारको राशिफल

आज १५ फाल्गुण २०८१ बिहिवारको राशिफल
मेष । पारिवारिक सम्बन्धलाई सुधार गर्ने दिन रहेको छ। शत्रुहरू पराजित हुनेछन्। आत्मीयजनको सानिध्यताले मनमा स्फूर्ति जाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। वृष । व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा मनपर्दो कार्यहात लाग्नाले मन प्रसन्न रहनेछ। युवा वर्गहरूको इष्टमित्रहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ। मिथुन । धर्म कर्ममा रुचि बढ्नेछ। आध्...

बूढीगंगामा सिटी सफारीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

बूढीगंगामा सिटी सफारीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा सिटी सफारीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बूढीगंगा–५ हात्तीमुडास्थित भित्री सडक खण्डमा सीटी सफारी मोटरसाइकल एकआपसमा ठोक्किएर बुधबार बिहानका लागि २ः३० बजेतिर दुर्घटना भएको हो । हात्तीमुडाबाट पोठियातिर जाँदै गरेको प्रदेश १–०२–००३ ह ५०१७ नम्बरको सफारी र विपरीत दिशाबाट आउँदै गरेको ज १२ प ६८७२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले...

खोटाङको जंगलमा एक महिला र एक पुरुष मृत भेटिए

खोटाङको जंगलमा एक महिला र एक पुरुष मृत भेटिए
खोटाङ । खोटाङमा एक महिला र एक पुरुष जंगलमा मृत भेटिएका छन् । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित डाँडाखर्कमा महिला र पुरुष मृत भेटिएका हुन् । गाउँ नजिकै दारेगौडा जंगलमा दुवै जना मृत अवस्थामा भेटिएको बराहपोखरीका वडाध्यक्ष ढक बहादुर कार्कीले बताए । डाँडागाउँका अन्दाजी २२ । २३ वर्षीय सरिता बिष्ट बस्नेतको जंगलमा हत्या भएको अवस्थामा मृत भेटिएको वडाध्यक्ष कार्कीको भनाइ छ । उक्त महिलाको घाँटीमा धार...

महाशिवरात्रिका दिन आज पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

महाशिवरात्रिका दिन आज पशुपति क्षेत्रबाट ७५ जना पक्राउ
काठमाडौँ । महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महाशिरात्रिका दिन आज पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्न...

उच्च मूल्यबाट तोलामा ८ सय घट्यो सुन ।

उच्च मूल्यबाट तोलामा ८ सय घट्यो सुन ।
सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ थियो । चाँदीको भउ तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९७० रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको छ ।

शिक्षादीपका उत्कृष्ट विद्यार्थी नगदसहित सम्मानित

शिक्षादीपका उत्कृष्ट विद्यार्थी नगदसहित सम्मानित
विराटनगर । विराटगर महानगरपालिका–९ मा अवस्थित शिक्षादीप कलेजले दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत रही उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई मंगलबार एक कार्यक्रमबीच नगदसहित सम्मानित भएका हुन् । कलेजले सञ्चालन गरेको परीक्षाहरूमा उत्कृष्ट अंक ल्याउने छात्र-छात्राहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको कलेजका व्यवस्थापन...