मेष । पारिवारिक सम्बन्धलाई सुधार गर्ने दिन रहेको छ। शत्रुहरू पराजित हुनेछन्। आत्मीयजनको सानिध्यताले मनमा स्फूर्ति जाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

वृष । व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा मनपर्दो कार्यहात लाग्नाले मन प्रसन्न रहनेछ। युवा वर्गहरूको इष्टमित्रहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

मिथुन । धर्म कर्ममा रुचि बढ्नेछ। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा कठोर निर्णय लिने समय रहेको छ। भविष्यलाई लिएर विशेष योजनाहरू बन्नेछन् आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट । कठिन काम बन्नाले मनमा उत्साह जगाउनेछ। धार्मिक र सामाजिक कार्यमा व्यस्त रहनुपर्ला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। पौष्टिक भोजनको सेवन गर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

सिंह । कार्यक्षेत्रमा मेहनतले गर्दा कठिन लक्ष्य हासिल गर्न सकिनेछ। व्यापार व्यवसायमा अप्ठ्यारा परिस्थितिहरूसंग सम्झौता गर्नुपर्ला। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

कन्या । कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

तुला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सन्तानको प्रगतिलाई लिएर मन चिन्तित रहनेछ। कार्यक्षेत्रमा शत्रुहरूले कमजोरीको फाइदा उठाउन सक्लान् सावधान रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक । दोहोराएर प्रयत्न गर्दा कार्यमा राम्रो सफलता मिल्नेछ। विशेष योजनाहरू गोप्य राखेर अगाडि बढ्नुहोस्। आफन्तहरूको सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

धनु । नोकरी वा पेशामा संवैधानिक पदको मर्यादा राख्नुहोला। ठुलो भागको आसा नराखिकन कर्म गर्ने प्रयास गर्नुहोस्। श्रमको उचित मूल्यांकन मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मकर । प्रियजनहरूको भेटघाटले मन प्रशन्न रहनेछ। व्यापारको सम्बन्धमा गरिएको यात्रा लाभदायी रहनेछ। अरुको झैँ झगडा सुल्झाउन आफू अगाडि नबढ्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ । पद प्रतिष्ठामा वृद्धि हुनेछ। दिन उर्जावान रहनेछ। सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। परिस्थितिवस चिताएको काम सम्पादन नहुन सक्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

मीन । कार्यक्षेत्रमा परिश्रम अनुसार फलको प्राप्ति हुनेछ। वैदेशिक भ्रमणको लागि अवसर प्राप्त होला। राजकीय र प्रशासनिक क्षेत्रमा सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

तपाईको प्रतिक्रिया