स्यालको टोकाइबाट १६ घाइते

स्यालको टोकाइबाट १६ घाइते
  सिरहा / स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका–४ स्थित कुमहार टोलका १६ घाइते भएका छन् । बहुला स्याल बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलातर्फबाट मङ्लबार साँझ अचानक गाउँ पसेको बहुला स्यालले जथाभावी टोक्न थाले...

कार दुर्घटना तीन जनाको मृत्यु, दुई घाइते

कार दुर्घटना तीन जनाको मृत्यु, दुई घाइते
अर्घाखाँची / सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिनुभयो । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । घटनामा दुई पुरुष एक महिलाको मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी छ । घाइ...

छत भत्किएर एक जनाको मृत्यु, दुई गम्भीर घाइते

छत भत्किएर एक जनाको मृत्यु, दुई गम्भीर घाइते
  गुलरिया / गुलरिया नपा–६ मा आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेल रहेका छन् भने घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र सोही ठाउँका १४ वर्षीय नवराज चौधरी रहेका छन् । घाइतेको बर्दिया जिल्ला अस्पताल गुलरियामा प्रारम्भि...

गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार
काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत हाल कार्यान्वयनमा रहेको दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार र उपचार कार्यक्रम प्रभावकारी बन्दै गएको देखिएको छ । सडक सञ्जाल नपुगेको दुर्गम र पिछडिएको क्षेत्रका महिला कार्यक्रमको प्राथमिकतामा परेकाले पनि कार्यक्रम प्रभावकारी भएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा ...

त्रिभुवन विमानस्थलमा ११ वर्षपछि खुल्यो ‘ड्युटी फ्रि शप’

त्रिभुवन विमानस्थलमा ११ वर्षपछि खुल्यो ‘ड्युटी फ्रि शप’
काठमान्डाैं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ड्युटी फ्रि शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो । पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौमा विमानस्थलमा ड्युटी फ्रि शप पुनः सञ्चालनका निम्ति बिक्री गरिने सामानहरुको सूचिसहित अन्य व्यवस्थापनको योजना पेश गर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएका थिए । २...

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित
बेइजिङ । आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ । चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले गत जनवरीमा गुइलिन शहरबाट एयर गुइलिन उडानमा याँगझोउ शहरतर्फ उड्ने क्रममा सो तस्वीर लिइएको खुलासा गरेको छ तर यसै सातामात्र उक्त तस्वीर सामाजिक सन्जालमार्फत भाइरल हुन थालेपछि एयरलाइन्स पाइलटलाई कारबाही गर्...

भारतले स्वीकार्‍यो काली नदीको यथार्थ: कालापानी र लिपुलेक भारतकै नक्सामा

भारतले स्वीकार्‍यो काली नदीको यथार्थ: कालापानी र लिपुलेक भारतकै नक्सामा
काठमाडौं । भारतले नयाँ नक्सामार्फत काली नदीको ऐतिहासिकता स्वीकार गरेको छ । उसले सन् १८५० आसपासदेखि कृत्रिम नदी खडा गरी कालापानी र लिपुलेक कब्जा गर्ने रणनीति अपनाएको थियो । त्यसपछि भारतीय नक्सामा नदी लुकाइएको थियो । भारतले त्यसलाई पुनःस्थापित गरेको छ यो नक्साका कारण भारतले कब्जा गरेको नेपाली भूभागको सम्बन्धमा वार्ता गर्न बाटो खुलेको छ । यो नक्सा नेपालका लागि महत्वपूर्ण रहेको नापी विभागका पूर...

काठमाडौँ–तराई द्रुतमार्गको पुल र टनेलको काम यसै वर्षबाट

काठमाडौँ–तराई द्रुतमार्गको पुल र टनेलको काम यसै वर्षबाट
काठमाडौँ । काठमाडौँ–तराई जोड्ने निर्माणाधीन द्रुतमार्गमा पर्ने पुल तथा टनेलको निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरु हुने भएको छ । यस द्रुतमार्गमा निर्माण गरिने विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनी चयन गर्न मङ्सिर १ गते ‘प्रिक्वालिफिकेसन’ बोलपत्र गरिने भएको छ । साधारण प्रकृतिका पुल निर्माणका लागि भने स्वदेशी कम्पनी चयन गर्न यसै साताभित्र बोलपत्र आह्वान गरिने उक्त ...

सवारी दुर्घटनामा हरेक दिन सात जनाको मुत्यु

सवारी दुर्घटनामा हरेक दिन सात जनाको मुत्यु
काठमाडौं । सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिब १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको हो । आर्थिक वर्ष २०७१÷७२ देखि २०७५÷७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष २ हजारभन्दा बढी यात्रुको सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गएको र सो संख्या ५ वर्षमा करिब १२ हजार पुगेको पाइएको हो । ...

पेट्रोलियम अन्वेषणसँगै रोजगारी खुलेपछि स्थानीय दङ्ग

पेट्रोलियम अन्वेषणसँगै रोजगारी खुलेपछि स्थानीय दङ्ग
काठमाडौँ । पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभिस्थान लगायतका क्षेत्रहरुमा चिनियाँ प्राविधिक टोलीले अन्वेषणको काम सुरु गरेसँगै स्थानीय स्तरमा रोजगारी खुलेको छ । दैलेखको डुँगेश्वर गाउँपालिका वडा १ को चुप्रामा अन्वेषण र उत्खननको समय अवधिभर बस्नका लागि सर्भे बेस क्याम्प निर्माण पश्चात् विभिन्न ९ पदका लागि कर्मचारी माग गरेको छ । अन्वेषणका लागि कामदार ५० जना, ड्र...