सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार लागुऔषधसहित पक्राउ
विराटनगर । देशको सीमा सुरक्षाको जिम्मा पाएका सशस्त्र प्रहरी नै लागुऔषध कारोबारमा संलग्न रहेको घटना बाहिर आएको छ । मोरङबाट सशस्त्र प्रहरीका १ जना हवल्दार पक्राउ परेका छन् ।
रतुवामाई नगरपालिका–१ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगामा कार्यरत ३६ वर्षीय सशस्त्र प्रहरी हवल्दार मनिष गिरी मंगलबार बेलुकी लागुऔषधसहित पक्राउ परेका हुन् । पर्साको वीरगञ्ज घर भएका...











