विराटनगरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा फोटो स्टुडियो सञ्चालकको मृत्यु
विराटनगर : कोशी राजमार्गअन्तर्गत विराटनगर–३ स्थित तिरुपति पेट्रोल पम्प नजिकै आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृतक विराटनगर–५ निवासी ४२ वर्षीय नवीन खनाल हुन्, जो मुनलाइट फोटो स्टुडियोका सञ्चालक तथा लाइन्स क्लब अफ विराटनगर गुराँसका सदस्य थिए।
प्रहरीका अनुसार दूध फारमबाट कञ्चनबारीतर्फ जाँदै गरेको को ३४ प २४३४ नम्बरको मोटरसाइकल र कञ्चनबारीतर्फ नै जाँदै गरेको प्रदेश...











