प्रतिनिधिसभाको पहिलो बैठकमै तीन अध्यादेश पेस गर्दै गृहमन्त्री सुधन गुरुङ
काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेस गर्ने कार्यसूची तय गरिएको छ। उनले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्...











