श्रीमानको कुवेतमा मदिरा सेवनका कारण मृत्यु, मृत्युको खबर सुनेपछि नेपालमा श्रीमतीको पनि मृत्यु
कुवेतमा वैदेशिक रोजगारीमा रहेका धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका ४३ वर्षीय डम्बर मगर विषाक्त मदिरा सेवनका कारण १० दिनअघि मृत्यु भएको थियो। पतिको मुत्युको खबर सुनेलगत्तै बेहोस भएकी उनकी पत्नी विद्याको पनि तीन दिनपछि मृत्यु भएको थियो ।
श्रीमान श्रीमती दुवैको मृत्यु भएपछि उनीहरुको तीन छोरी (१७, १६ र २ वर्षीया) विचल्लीमा परेका छन्। कमाउने सदस्य गुमेपछि परिवार आर्थिक संकटमा परेको छ। जेठी र माइली...











