मोरङमा चोरी भएको मोटरसाइकल झापामा फेला, दुई युवक पक्राउ
विराटनगर। मोरङको रतुवामाई नगरपालिका–४ आमबारी चोकबाट चोरी भएको मोटरसाइकल प्रहरीले झापामा फेला पारेको छ । चोरीमा संलग्न दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङकी पुष्पमाया खतिवडाले घरको कम्पाउण्डमा पार्किङ गरी राखेको को ३० प ९६७७ नम्बरको मोटरसाइकल साउन ३० गते राति १२ बजे चोरी भएको थियो । उक्त मोटरसाइकल झापा जिल्लाको भद्रपुरतर्फ लैजाइरहेको भन्ने विशेष सूचनाको आधारमा भदौ २ गते दिउँसो २...











