बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका २ बस्ने २३ बर्षका रमेश बुढाले कालिकोटको पलाता गाउँपालिका बस्ने २१ बर्षकी प्रिया बम (बुढा) सँग गत बैशाखमा भागि बिहे गरे । लामो प्रेम सम्बन्ध पछि उनीहरु गाउँबाट भागेर बिहे गरे । दुवै जना घरबाट भागेर भारत पुगे ।
भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा बसेर उनीहरुले ज्याला मजदुरीको काम गरिरहेका थिए । पैसा कमाएर मंसिर वा माघमा बाजुराको गाउँमा आएर धुमधाम बिहे गर्ने योजना थियो । दुवै जना काम गर्ने भएकाले कमाइ पनि राम्रै थियो । अचानक साउन २० गते उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक बाढीपहिरो आयो । र दुवै जना पहिरोमा पुरिएर बे*पत्ता भए ।
बिहे गरेको ४ महिना मात्र पुगेको थियो । पैसा कमाएर एकातिर धुमाधाम बिहे गर्ने योजना थियो, अर्कोतिर बृद्ध बुवा आमाको उपचार गर्ने योजना थियो, तर दैबको लिला दुवै जना सदाका लागि अस्ता*ए, स्थानिय पन्देवा बुढाले बताईन् । ठुलै सपना र योजना बोकेर काम गर्न भारत गए, उतै सदाका लागि बिदा भए पन्देवाले थपिन् ।


















