आजको राशिफल बि.सं.२०८१ पुष १२ गते शुक्रबार ई.सं.२०२४ डिसेम्बर २७

आजको राशिफल बि.सं.२०८१ पुष १२ गते शुक्रबार ई.सं.२०२४ डिसेम्बर २७
आजको राशिफल बि.सं.२०८१ पुष १२ गते शुक्रबार ई.सं.२०२४ डिसेम्बर २७ नेपाल सम्बत ११४५ थिंलागा द्वादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष कृष्ण द्वादशी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, धृति योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५२ बजे, सूर्यास्त साँझ ०५ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राख...

भोलि र पर्सि देशका अधिकांश ठाउँमा पानी पर्ने सम्भावना, चिसो अझै बढ्ने

भोलि र पर्सि देशका  अधिकांश ठाउँमा पानी पर्ने सम्भावना, चिसो अझै बढ्ने
११ पुस, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार दिउँसोबाट देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष सूचना जारी गरेर शुक्रबार दिउँसोबाट शनिबारसम्म पानी पर्ने सम्भावना बढेको हो । शुक्रबार र शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र को...

संखुसभामा ३४ करोडबढीको सुन्तला कारोबार

संखुसभामा ३४  करोडबढीको सुन्तला कारोबार
जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म रु ३४ करोड ८५ लाखको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्लो केही वर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला जोन लागू भई कृषकलाई प्रोत्साहन का...

धनुषामा गाडिएको अवस्थामा एक महिलाको शव फेला, श्रीमान् पक्राउ

धनुषामा गाडिएको अवस्थामा एक महिलाको शव फेला, श्रीमान् पक्राउ
जनकपुरधाम: धनुषामा एक महिलाको हत्या भएको छ। धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको हत्या भएको हो। गाडेको अवस्थामा उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि गाडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए। प्रहरी निरीक्षक साहका अनुसार घरायसी बिबादमा श्रीमान दशैयाले श्रीमत...

मोरङमा सामूहिक बलात्कारको घटनामा पक्राउ परेका तीनजना सार्वजनिक, अपहरण, ज्यान मार्ने उद्योग र जबरजस्ती करणी मुद्दामा म्याद थप

मोरङमा सामूहिक बलात्कारको घटनामा पक्राउ परेका तीनजना सार्वजनिक, अपहरण, ज्यान मार्ने उद्योग र जबरजस्ती करणी मुद्दामा म्याद थप
इटहरी : मोरङमा एक युवतीमाथि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कटहरी २ बस्ने १९ वर्षीय मोहम्मद रमजान, सोही ठाउँ बस्ने १९ वर्षीय सोनु कुमार साह र भारतको अररिया जिल्ला कुशाकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार रहेका छन् । मंगलबार दिउँसो मोरङको कटहरी २ स्थितमा २३ वर्षीया युवती अचेत अवस्थामा भेटिएकी थिइन् । हात, खुट्टा बाँध...

सशस्त्र प्रहरी मोरङका एसपीसहित चार जना हेडक्वाटर तानिए

सशस्त्र प्रहरी मोरङका एसपीसहित चार जना हेडक्वाटर तानिए
इटहरी : सशस्त्र प्रहरी बलले चार जना जिल्लाका एसपीलाई हेडक्वाटर तानेको छ । चार वटा जिल्लाका एसपीहरूलाई सशस्त्र हेडक्वाटर तानेर छानबिन सुरु गरिएको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता एवं नायब महानिरीक्षक (डीआईजी) कुमार न्यौपानेका अनुसार हेडक्वाटर तानिनेहरूमा मोरङका एसपी विश्व खड्का, धनुषाका एसपी दर्शन गिरी, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी विमल डाँगी छन् । उनीहरूमाथि केही आर्थिक अ...

आजको मौसम: हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली

आजको मौसम: हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली
काठमाडौं । हाल देशमा पश्चिमी वायु साथै पश्चिमी न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको मधेश प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । बिहानको समयमा तराई तथा उपत्यका एक दुइ स्थानमा हुस्सु र कुहिरोको लागेको छ। दिउँसो हिमाल...

आजको मौसमः कोशी प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली

आजको मौसमः कोशी प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली
काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशमा आज प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत...

पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने

पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टीलाई प्रवेशद्वारमा प्रयोग गर्ने योजना बनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले भक्तजनहरूले चढाएका घण्टी ठूलो परिमाणमा रहेकाले ती घण्टीलाई प्रयोग गरी आकर्षक प्रवेशद्वार निर्माण गर्ने समितिले निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीसँग ठूलोमात्रामा घण्टीहरू छन्, जसलाई घण्...

विराटनगर १२ का वडा अध्यक्ष बैकिङ्ग कसुरमा पक्राउ

विराटनगर १२ का वडा अध्यक्ष बैकिङ्ग कसुरमा पक्राउ
माेरङ। आर्थिक लेनदेनको विषयमा पटक पटक विवादमा पर्दै आएका विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् । बैकिङ कसुर मुद्दामा वडाअध्यक्ष कामत सोमबार दिउँसो ४ बजेको समयमा उजुरीको आधारमा मोरङ प्रहरीले पक्राउ गरेको हो ।मंसिर २५ गते मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए । ...