पत्रकार रबिन्द्र प्रजापतिको आत्महत्या : धम्कीपछि तनावले झेलिएका थिए
रौतहट : रौतहटको कटहरिया नगरपालिका–५ का करिब ३० वर्षीय पत्रकार रबिन्द्र प्रजापतिको आत्महत्या पछाडि स्थानीय प्रशासन, राजनीतिक दवाव र पत्रकारको सुरक्षा व्यवस्था सम्बन्धी गम्भीर प्रश्न उठेको छ।
शनिबार साँझ घरमै झुण्डिएको अवस्थामा भेटिएका प्रजापतिको परिवारले तत्काल पासो काटेर अस्पताल पुर्याएको थियो। तर अस्पतालले उनलाई मृत घोषित गर्यो।
गरुडा म्युजिकल एफएममा कार्यरत पत्रकार प्रजापति समाचार लेखन...











