खोटाङको जंगलमा एक महिला र एक पुरुष मृत भेटिए
खोटाङ । खोटाङमा एक महिला र एक पुरुष जंगलमा मृत भेटिएका छन् । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित डाँडाखर्कमा महिला र पुरुष मृत भेटिएका हुन् । गाउँ नजिकै दारेगौडा जंगलमा दुवै जना मृत अवस्थामा भेटिएको बराहपोखरीका वडाध्यक्ष ढक बहादुर कार्कीले बताए ।
डाँडागाउँका अन्दाजी २२ । २३ वर्षीय सरिता बिष्ट बस्नेतको जंगलमा हत्या भएको अवस्थामा मृत भेटिएको वडाध्यक्ष कार्कीको भनाइ छ । उक्त महिलाको घाँटीमा धार...










