भाटभटेनीमा भेटिएका १२ मानव कंकालको पहिचान अझै खुल्न सकेन
गत भदौ २४ गतेको हिंसात्मक प्रदर्शनपछि काठमाडौँको चुच्चेपाटी (भाटभटेनी), सुनसरीको इटहरी र विराटनगरको भाटभटेनी सुपरमार्केटमा भेटिएका १२ वटा शव (मानव कंकाल) को डेढ महिनासम्म पहिचान खुल्न सकेको छैन।
प्रहरी प्रधान कार्यालयका अनुसार शवहरू जलेर पूर्णतः कंकाल अवस्थामा भेटिएकाले पोस्टमार्टम गर्न र मृत्युको कारण खुल्न सकेको छैन। हालसम्म ती शवहरू आफ्नो भएको दाबी गर्न कोही पनि आफन्त सम्पर्कमा आएका छैनन्।
...











