ठेकेदारकाे लापरबाहीले ओखलढुंगा-रुम्जाटार सडकको काम अलपत्र
ओखलढुंगा, साउन २० । हरेक विकासमा निर्माण कम्पनीको लापरवाही जोडतोडका साथ उठ्ने गरेको छ । तर, पनि कारवाही हुन नसक्दा जुनसुकै निर्माणको काम सुस्त बन्ने गरेको छ । यस्तै समस्या ओखलढुंगा–रुम्जाटार सडकको पनि छ । सिद्धिचरण नगरपालिका रमाईलो डाँडादेखि विमानस्थलसम्मको सडक अलपत्र छ ।
सिद्धिचरण नगरपालिका ११ रमाईलोडाँडादेखि वडा नम्बर ४ रुम्जारटार बिमानस्थलसम्मको ११ दशमलव १ किलोमिटर मोटरबाटो कालोपत्रे हुन सके...





