दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँको मोबाइल भित्रियो
चाडपर्वलाई लक्षित गर्दै मोबाइल व्यवसायीहरुले विभिन्न अफरहरु सार्वजनिक गरेसँगै मोबाइलको आयात पनि बढेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९ सय वटा मोबाइल नेपाल भित्रिएको छ ।
साउन र भदौमा भित्रिएका मोबाइल दशैं तिहारलाई लक्षित गरेरै भित्रिएको अनुमान गरिएको छ । गत वर्षको पहिलो दुई म...










