काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।

पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा, कबिर बुढाथोकी उर्फ रियाज, रोमन कार्की छन् ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बोहरा र बुढाथोकी ठगी मुद्दा फरार थिए । रोमन कार्की बलात्कार मुद्दा फरार थिए ।

तपाईको प्रतिक्रिया