मधेसका मेयरले निःशुल्क बाँडे सिलिन्डरसहित ८ हजार ग्याँस चुल्हो

मधेसका मेयरले निःशुल्क बाँडे सिलिन्डरसहित ८ हजार ग्याँस चुल्हो
भारतीय सीमामासँग जोडिएको रौतहटको दक्षिणभेग परोहा नगरपालिकाका प्रायः सम्पूर्ण परिवारलाई ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट बितरण गरिएको छ। मेयर शेख वकीलको पहलमा नगरलाई धुवाँमुक्त बनाउन ८ हजार परिवारलाई ग्याँस सिलिन्डरसहित चुल्हो सेट निःशुल्क वितरण गरिएको हो । परोहा नगरपालिका– ४ स्थित प्रहरी चौकीको प्रांगणबाट आइतबार देखी ग्याँससहितको चुल्हो सेट बितरण कार्यक्रम सुरु भएको हो । ग्याँस सिलि...

किशोरी बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर जेल चलान

किशोरी बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर जेल चलान
विराटनगर / घरमा कामदारका रुपमा राखिएकी १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी जेल चलान भएका छन्। मंसिर २४ मा पक्राउ परेका शिवाकोटी हिजो सोमबार जेल चलान भएका हुन्। झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा पठाउन सोमबार आदेश दिएको हो। पूर्वमेयर शिवाकोटीविरुद्ध पीडितले किटानी जाहेरी दिएकी थिइन्।

तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम

तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम
ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोग तथा व्यास नगरपालिका–१४ को समन्वयमा चार दिनको तालिम सञ्चालन गरिएको हो । व्यास नगरपालिका–१२, १३ र १४ का महिलालाई छाब्दी बाराही मन्दिरमा आउने भक्तजनलाई फूल, प्रसाद र अक्षता लिएर जान सहज हुने किसिमको ढकिया बुन्न त...

हराउँदै गयो गुन्द्री बुन्ने चलन

हराउँदै गयो गुन्द्री बुन्ने चलन
पछिल्लो समय स्याङ्जामा गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ । खेतबारीमा भएका बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघका दिनमा फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । धार्मिक पूजाआजा तथा पितृकार्यमा पनि धानको परालबाट बुनिएका नयाँ गुन्द...

आजको मौसमः सामान्यतया सफा रहने

आजको मौसमः सामान्यतया सफा रहने
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । रात...

बुढिगंगा गाउँपालिका स्थित कोशी लोकमार्गमा सवारी चालकहरुको लापसे परिक्षण

बुढिगंगा गाउँपालिका स्थित कोशी लोकमार्गमा सवारी चालकहरुको लापसे परिक्षण
मोरङको बुढिगंगा गाउँपालिका वडा नं ४ स्थित कोशी लोकमार्गमा जिल्ला प्रशासन कार्यलय माेरङकाे प्रमुख प्रेमप्रसाद भट्टराईकाे सभापतित्वमा सवारी चालक तथा सह चालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच गरीएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आथिति र बुढीगंगा गाउँ पालिकाकाे अध्यक्ष जितनारायण थापा मगरकाे विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा सडक सुरक्षा र दुर्घटना...

भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो, १३० घाइते

भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो, १३० घाइते
काठमाडौं : तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको हो । स्थानीय समयअनुसार मङ्गलबार बिहान नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो । स्थानीय समयअनु...

भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु

भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु
नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ ।आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । ...

भ्रष्टचार गर्दिन भन्नेहरू नै भ्रष्टचारमा लिप्त छन्: प्रभु साह

भ्रष्टचार गर्दिन भन्नेहरू नै भ्रष्टचारमा लिप्त छन्: प्रभु साह
आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मुलुकमा बढदै गईरहेको भ्रष्टाचार विरुद्ध खबरदारी गर्ने उदेश्यले बिरगंजमा भ्रष्टाचारको बिरुद्धमा खबरदारी सभा गर्न लागेको बताएका छन् । सरकारका मान्छेहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप उनले लगाए ।भ्रष्टाचार नियन्त्रण गर्नेहरूकै मिलेमतोमा खुलमखुल्ला भ्रष्टाचार भैइरहेको अध्यक्ष साहले आरोप लगाए । आजपा पर्सा जिल्ला कमिटीको आज ( सोमब...

इन्स्पेक्टर बनेर उच्च पदस्थ व्यक्तिसँग चिनजान गर्दै ठग्दै

इन्स्पेक्टर बनेर उच्च पदस्थ व्यक्तिसँग चिनजान गर्दै ठग्दै
प्रहरीले आफ्नै विभागीय संगठनको प्रहरी निरीक्षक हुँ भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ थापा चोकका ३८ वर्षीय सुदीप थापा छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले थापालाई शनिबार थापा चोकबाटै पक्राउ गरेको हो। उनले प्रहरीको इन्स्पेक्टर हुँ भन्दै क्यानडा, अस्ट्रेलिया लगायत देशमा पठाइदिने भनेर ठगी गरेको उजुरी परेक...