नेपाल कराते महासंघमा विवाद चुलियो, अध्यक्ष युवराज लामाको भूमिका शंकास्पद
काठमाडौं / नेपाल कराते महासंघका अध्यक्ष युवराज लामामाथि पदको चरम दुरुपयोग र संस्थागत बेथितिको आरोप लागेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव समेत रहेका लामाले आफ्नो पदिय जिम्मेवारी ठीकसँग निर्वाह नगर्दा कराते महासंघमा गम्भीर अव्यवस्था सिर्जना भएको खेल क्षेत्रका सरोकारवालाहरूको आरोप छ।
हालै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको महासंघको आधिकारिक पत्रले पनि लामाको भूमिकामाथि प्रश...











