इटहरीमा विवाह गर्न योग्य नभएकी नाबालिका बेहुलीसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले सोमबार दिउसो इटहरी ९ स्थित राधाकृष्ण मन्दिरबाट विवाहको जगेबाटै बेहुला र नाबालिका बेहुलीसहित ५ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मन्दिरमा जन्तीसहित आएको बेहुला पक्षले हिन्दु परम्परा अनुसार मागी विवाह गर्न खोजेका थिए । जसमा दुवै पक्षको पाहुनाहरू भेला भए । तर बेहुलीको कलिलो उमेर देखेर सबै छक्क परे । बेहुला पक्षलाई आफन्तहरूले यो समयमा यसरी विवाह गर्नु भनेको बाल विवाह मानिन्छ यो गलत हो, यसलाई रोकौँ भनेर आग्रह गरे । तर अटेरी गरी विवाह अघि बढ्ने भएपछि नगर बाल सञ्जाल इटहरी मार्फत प्रहरीलाई जानकारी गराइ विवाह रोक्नुको साथै बेहुला, बेहुली, पण्डित अनि दुवैका बुबाहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा बेहुला इटहरी ११ बस्ने २८ वर्षीय उपेश नेपाल, बेहुली रामधुनी ६ बस्ने १८ वर्षीय (परिवर्तित नाम) हिरा, पण्डित इटहरी ११ बस्ने ४५ वर्षीय दिनेश कुमार भटराई, बेहुलाका बुवा ढुण्डिराज नेपाल र बेहुलीका बुवा दिनेश कुमार दाहाल छन् । बाल विवाह गर्ने र गराउने बुवाहरू र पण्डित सबैलाई अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । बाल विवाह हुदैछ भन्ने सूचना आएपछि सम्बन्धित परिवारका सदस्य र पण्डितलाई पक्राउ गरी बाल विवाह कसुरमा आवश्यक अनुसन्धानको लागि एक दिनको म्याद थप गरिएको डिएसपीको बताए । प्रहरीका अनुसार दुवै परिवारबिच मागी विवाह भएको जनाइएको छ । तर आफन्तहरूका अनुसार प्रेम सम्बन्धले भाग्ने स्थिति बनेपछि विवाह गराइएको दाबी गरिएको छ ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
कोषराज खनालको नेतृत्वमा बुढीगंगामा ‘लायन्स क्लब अफ राइजिङ लिडर’को नयाँ अध्याय सुरु हुँदै
मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाबाट युवा नेतृत्व, सामाजिक सेवा र मानवीय अभियानलाई केन्द्रमा राख्दै ‘लायन्स क्लब अफ राइज...
छात्रामाथि यौन दुर्व्यवहारको आरोप, उजुरीपछि पक्राउ
झापा : झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहर...
बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ असार १२ गते
मोरङ । बुढीगंगा गाउँपालिका, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिब...
सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा
झापा । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् । मंगलबार झापामा ...
गृहमन्त्रीको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि…..
गृहमन्त्री सुधन गुरुङलाई दिइएको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि होटलका दुई भान्सेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ...
विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा
विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गर...
















