बुढीगंगामा निशुल्क स्वास्थ्य शिविरबाट ३ शय भन्दा बढी विरामि लाभान्वित
माेरङकाे बुढीगंगा गाउँपालिका वडा नं ४ मा स्थित सरस्वती अाधारभूत विद्यालयमा बुढीगंगा गाउँपालिकाकाे अायाेजना र नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरको सहयोगमा एक दिने निःशुल्क स्वाथ्य शिविर सम्पन्न भएकाे छ।
३ सय जना भन्दा बढी लाभान्वित भएकाे निशुल्क स्वास्थ्य शिविरमा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरको प्रमुख आतिथ्यमा बिपि कोइराला बिज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ प्...











