जनकपुरमा गोली हानी पेट्रोल पम्प सञ्चालककाे हत्या
जनकपुरधाम / जनकपुरमा गोली हानी एकजनाको हत्या भएको छ । जनकपुरधाम उपमहानगपालिका १ का शिव आयल पेट्रोल पम्पका सञ्चालक अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो ।
जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ। साहको शव जनकपुर अञ्चल अस्पतालमा राखिएको छ। उनीमाथि पैसा माग्न जाँदा चौधरीले गोली हानेको प्रहरीले जनाएको छ। ...










