संखुवासभा । नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले नेपाली सेनामा लगाइदिन्छु भनेर पैसा ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिचिला गाउँपालिका–१ का राजकुमार राई रहेको जिल्ला प्रहरी कर्याालय संखुवासभाले जनाएको छ ।

नेपाली सेनामा भर्ना गराइदिने प्रलोभनमा पारेर उम्मेदवारको आमासँग एक लाख २० हजार रुपैया मागेको, त्यसमा दुवै जना बीच ८० हजार रुपैयामा सहमति भइ ५० हजार रुपैया लेनदेन समेत भएको प्रहरीले जनाएको छ ।

राजकुमारको साथबाट ५८ हजार रुपैयाँ समेत बरामद गरिएको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र त्यसपछि जिल्ला अदालत चैनपुर पठाइने जानइएको छ ।

तपाईको प्रतिक्रिया