मोरङमा रुखबाट लडेर एक बृद्धको मृत्यु

मोरङमा रुखबाट लडेर एक बृद्धको मृत्यु
मोरङको मिक्लाजुङ गाउँपालिका-३ का ८५ बर्षीय बेद प्रसाद लिम्बुको रुखबाट लडेर मृत्यु भएको छ । बिहिवार अपरान्ह ४ बजेको समयमा घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर घाईते भएका बृद्धलाई घरमा ल्याई राखिएकोमा घरमै मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बृद्धलाई घरमै मृत अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा कानूनी प्रकृया...

साउदी सरकारले ल्याए नयाँ निति, अब बिदामा आएर साउदी नफर्के तीन वर्ष प्रतिबन्ध

साउदी सरकारले ल्याए नयाँ निति, अब बिदामा आएर साउदी नफर्के तीन वर्ष प्रतिबन्ध
काठमाडौँ । साउदी अरबले बिदामा आएका कामदार भिसाको म्यादभित्रै नफर्के तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साउदीको राहदानी विभाग ९जवाजत० ले भिसा रद्द नगरी साउदी छाडेपछि पुनः सोही रोजगारदातासँग काम गर्न नआए तीन वर्षसम्म फर्कन नदिने निर्णय गरेको हो । बिदामा गएकाहरू समयमै नफर्कर्दां रोजगारदातालाई कामदार अभाव भएपछि साउदीले यस्तो नीति ल्याएको हो। साउदी रोजगारदातालाई नयाँ कामदार भर्ती गर्न कम्तीम...

उपत्यकामै उच्चपदस्थ र जनप्रतिनिधिको संलग्नतामा सार्वजनिक सम्पत्ति अतिक्रमण भएपछि

उपत्यकामै उच्चपदस्थ र जनप्रतिनिधिको संलग्नतामा सार्वजनिक सम्पत्ति अतिक्रमण भएपछि
काठमाडौँ । उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमणमा उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नता रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जनप्रतिनिधि र उच्चपदस्थले नै सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै हटाउन माग गर्दै उजुरी पर्ने क्रम ह्वात्तै बढेको छ । प्रशासनले काठमाडांैमा अतिक्रमणमा परेका सार्वजनिक जग्गा हटाउने कार्ययोजना बनाउँदै गर्दा उजुरी पर्ने क्रम अत्यधिक बढेको प्रमुख जिल्ला अधिकारी जनक...

उपचार खर्च तिर्न नसकेपछि अस्पतालबाट डिस्चार्ज हुन पाइनन् सुत्केरी

उपचार खर्च तिर्न नसकेपछि अस्पतालबाट डिस्चार्ज हुन पाइनन् सुत्केरी
काठमाडौँ । उपचार खर्च तिर्न नसकेर अस्पतालबाट डिस्चार्ज हुन नपाएकी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ की ललितादेवी खंगलाई हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेशकुमार साहले २५ हजार रुपैयाँ सहयोग गरेका छन् । नगरप्रमुख साहले कान्तिपुरमार्फत ललिताका पति गोपीकुमार खंगलाई रकम प्रदान गरेका हुन्। एक महिनाअघि सुत्केरी भएकी ललितादेवीले विराटनगरस्थित विराटनगर अस्पतालमा उपचारबापत ३ लाख र औषधिको ५...

सम्भव छ ! अब एकै शिक्षकबाट सबै विषय अध्यापन

सम्भव छ ! अब एकै शिक्षकबाट सबै विषय अध्यापन
काठमाडौँ । कक्षा १–३ मा अध्यापन गर्दै आएका हरेक शिक्षकले आगामी नयाँ शैक्षिक सत्रबाट सबै विषय अध्यापन गर्नुपर्ने छ । हाल पृथक् विषयमा विषयगत शिक्षकले अध्यापन गर्ने गरेका छन् । आगामी शैक्षिक सत्रबाट एकीकृत पाठ्यक्रम लागू हुँदैछ । सोअनुसार कक्षा १–३ का शिक्षकले सो तहमा लागू हुने सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ । पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी ९उपसचिव० गणेशप्रसाद भट्टराईले अब एउटै शिक्ष...

फिरौती माग गर्दा नदिएको भन्दै इँट्टाभट्टामा विस्फोट गर्ने चार जना पक्राउ

बारा– फिरौती माग गर्दा नदिएको भन्दै इँट्टाभट्टामा विस्फोट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । बारास्थित इलाका प्रहरी कार्यालय सिमराको टोलीले फिरौती माग्दै रकम असुल्ने गिरोहका चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा परवानीपुरका ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देवशंकर राम, जितपुर सिमराका २० वर्षीय अच्छेलाल गोसाई र फेटा गापा ३ का ३९ वर्षीय दिपेन्द्र कुमार धानुक रहेका छन् । ...

नगर प्रमुखले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई तीन लाख सहयोग

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मुस्कान खातुनलाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचाररत खातुनलाई नगर प्रमुख सरावगीले तीन लाख हस्तान्तरण गरेका हुन् । वीरगञ्ज महानगरपालिका कार्यालयको तर्फबाट दुई लाख र नगर प्रमुख सरावगीको तलब भत्ता स्वरुप प्राप्त रकमबाट एक लाख रुपैया गरी तीन लाख रुपैयाँको चेक नगर प्रमुख सरावगी...

माटोको ढिस्कोले पुरिएर एक वृद्धको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक वृद्धको मृत्यु
माटोको ढिस्कोले पुरिएर तनहुँमा आज एक जनाको मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिका–८ टुकमराङमा ढुङ्गाखानीमा काम गर्दै गरेको अवस्थामा एक वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही वडाको चैनपुर बस्ने ५८ वर्षीय काले परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । ढुङ्गाखानीमा चार जनाले काम गर्दै गरेको अवस्थामा अचानक माटोको ढिस्को खस्दा अन्य ती...

सात किलो चरेससहित चार जना पक्राउ

सात किलो चरेससहित चार जना पक्राउ
कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआइटी) को संयुक्त टोलीले डेरा गरी बस्दै आएका जसमल सिंह ठगुनाको कोठा बाट चरेससहित चार जनालाई पक्राउ गरेको इप्रका मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार दार्चुलाको मार्मा गाँउपालिका–१...

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
सिमकोट / हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्युभएको छ । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएकाे जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंह...